२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

सरकारी पदमा बसेर पूर्वराजालाई ‘श्री ५’ को सम्बोधन, स्पष्टीकरणमा के भने ?

काठमाडौँ । पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५’ को सम्बोधन गर्दै समर्थन जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेपछि उनले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्।

बास्तोलाले आफू राजसंस्थाको पक्षधर भएको र भ्रष्ट सरकारको कागजी पदमा बस्न नचाहने उल्लेख गर्दै कुनै सरकारी सुविधा नलिएको स्पष्ट पारे। मन्त्रालयले उनको अभिव्यक्ति पदीय जिम्मेवारी विपरीत भएको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस