२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

जोरपाटीमा युवक मृत फेला, कान्छी श्रीमतीसहित ५ जना पक्राउ

काठमाडौं । धनकुटाको छत्तर जोरपाटी गाउँपालिका–२, फलैचास्थित गुरुङ टोलमा एक युवक मृत फेला परेका छन्। ३८ वर्षीय खेम बहादुर दर्लामी मगरको शव घरनजिकै भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा मृतकको शरीरमा चोटपटक र नीलडाम देखिएको छ। घटनासँग सम्बन्धित भन्दै प्रहरीले मृतककी कान्छी श्रीमती जितमाया लिम्बुसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा १६ वर्षीय एक किशोर, १९ वर्षीय इन्द्र बहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, र ३१ वर्षीय दाछिरी शेर्पा रहेका छन्। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस