२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

डर देखाएर ८ वर्षीया बालिकालाई जबरजस्ती करणी, २५ वर्षीय युवक पक्राउ

काठमाडौं । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। बाँकेको बैजनाथ गाउँपालिका८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त घटनामा बालिकाले शनिबार साँझ डर त्रास देखाउँदै बिकले जबरजस्ती करणी गरेको भनिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीले अनुसन्धान गर्दै उनलाई पक्राउ गरेको हो।

प्रहरीले अहिले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस