२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

२५ करोड बढी लिएर कहाँ जाँदैै थिए कुशाङ लामा

Where Was Kushang Lama Headed with Over 250 Million

काठमाडौं । काठमाडौंको टोखा झोरबाट ट्रक चालक कुशाङ लामा (फुच्चे) २५ करोडभन्दा बढी विदेशी मुद्रासहित पक्राउ परेका छन्। प्रहरीका अनुसार, सिन्धुपाल्चोकका लामा केही समयदेखि काठमाडौंको गोकर्णमा बस्दै आएका थिए।

उनको आमाको नाममा रहेको ट्रकको क्याबिनमा फल्स बटम बनाएर पैसा लुकाइएको थियो। प्रारम्भिक बयानमा उनले उक्त रकम चीनको केरूङ पुर्‍याउने योजना रहेको बताएका छन्।

लामा २०७३ सालमा ७ किलो सुन तस्करी आरोपमा जेल परेका थिए। यसपटक पनि सुन तस्करीका लागि रकम लगिएको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेका लामालाई विदेशी विनिमय ऐन अन्तर्गत राजश्व अनुसन्धान विभागमा बुझाइनेछ। अनुशन्धान जारी छ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस