२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

फेसबुकमा चिनजान, भेटेर मस्ती: अन्तरङ्ग लिला आफन्तको म्यासेन्जरमा पुगेपछि…

काठमाडौं । काठमाडौं, सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा ४१ वर्षीय नुनु रायलाई प्रहरीले पक्राउ गरेको छ। राय, जो भारत बिहारका निवासी हुन्, काठमाडौं महानगरपालिका-१७, क्षेत्रपाटीमा बस्दै आएका छन्।

प्रहरीका अनुसार, रायले फेसबुकमा साथी बनेर महिला संग अन्तरङ्ग सम्बन्ध राखेका थिए। उनीहरूले भएका क्रियाकलापहरू गोप्य रूपमा रेकर्ड गरेर, पछि पीडितका आफन्त र साथीहरूको म्यासेन्जरमा पठाएका थिए। यस घटनाबारे पीडितले उजुरी दिएपछि साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो।

रायमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको छ। उनलाई जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस