२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

गेस्ट हाउसका नाममा बालाजुमै हुन्थ्यो फोहोरी काम, यसरी समातिए सञ्चालक ?

काठमाडौं । काठमाडौं, बालिकालाई वेश्यावृतिमा लगाउने आरोपमा ४५ वर्षीय शम्भुलाल मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ। मल्ल काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका संचालक हुन् र गोरखा पालुङटार नगरपालिका-६ घर भएका छन्।

मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीको टोलीले प्राप्त सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो। शम्भुलालले आर्थिक लाभका लागि बालिकालाई जबरजस्ती वेश्यावृतिमा लगाउने कार्य गरेको बताइएको छ।

प्रहरीले उक्त गेष्ट हाउसबाट २ जना बालिकालाई उद्धार गरी सुरक्षित स्थानमा पठाएको छ। मल्लमाथि मानव बेचबिखन र ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको छ। उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस