काठमाडौँ। सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतलाई आत्महत्या दुरुत्साहन गर्ने आरोपमा हवल्दार रेशम बहादुर शाही पक्राउ परेका छन्।
पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत शाही, चैत ६ मा पक्राउ परेका हुन्। महत फागुन १० मा लामापाटनस्थित कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टर विवेक जोशी पनि पक्राउ परेका थिए। जोशी तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत थिए।
कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार, घटनामा अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको छ। कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। यस घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलले डीआईजीको नेतृत्वमा एक छानबिन समिति गठन गरेको छ।
प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार

