२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

अखिल आन्दोलनका योद्धा, अशोक कोईरालाको असामयिक निधन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य, अशोक कोईरालाको उपचारका क्रममा निधन भएको छ। शिक्षण अस्पताल, महाराजगन्जमा उपचार गरिरहेका उनका निधनको जानकारी पार्टी महासचिव घनश्याम भुसालले दिएका छन्।

नेता कोईरालाले लामो समयसम्म नेपाली समाज र राजनीति सुधारका लागि संघर्ष गरेका थिए। उनको असामयिक निधनले पार्टीका नेता तथा कार्यकर्तामा गहिरो शोकमा डुबाएको छ।

नेपाली राजनीति र आन्दोलनका लागि उनका योगदानलाई सम्झेर एमाले महासचिव शंकर पोखरेलले पनि अखिल आन्दोलनका योद्धा भन्दै समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस