२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

ताज गेस्ट हाउसमा मृत भेटिएकी युवतीको पहिचान खुल्यो, के भन्छ प्रहरी ?

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित ताज गेस्ट हाउसमा ३१ वर्षीया आरती मृत अवस्थामा फेला परेकी छन्। भारतीय नागरिक आरती दुई दिनदेखि सो गेस्ट हाउसमा बसेकी थिइन्।

गेस्ट हाउसको ९ नम्बर कोठामा बाल्टिनको सहयोगले सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको सर्लाहीका एसपी रवीन्द्र सिंहले बताए। आरती पछिल्लो समय सर्लाहीमा देखा परेकी थिइन्। घटनाबारे अनुसन्धान भइरहेको एसपी सिंहले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस