काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको अन्तिम कारोबार शुक्रबारसँग आज आइतबार सुनको मूल्य स्थिर रहेको हो ।
आज सुनको मूल्य एक लाख ६८ हजार १०० कायम भएको छ । शुक्रबार दुई हजार २०० ले घटेर यो मूल्य कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यपनि स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार

