काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी ३ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४५ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ६ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

