२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पत्रकार सुरेश रजकको शवको एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकले किन लिए अडान ?

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शवको पोस्टमार्टम ढिलाइ भएको छ। गोली लागेको हल्लापछि चिकित्सकहरूले पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम नगर्ने अडान राखेका छन्।

पोस्टमार्टमका लागि रजकको शव त्रिवि शिक्षण अस्पताल पठाइए पनि एक्स–रे मेसिनको अभावले प्रक्रिया अघि बढ्न सकेको छैन। प्रोफेशनल प्रोटोकल अनुसार जलेको शरीरको एक्स–रे गर्नु अनिवार्य भएको चिकित्सकहरूले बताएका छन्।

पोस्टमार्टमको ढिलाइको कारण रजकको शरीरमा गोली लागेको थियो वा थिएन, यो कुरा एक्स–रेबाट मात्र थाहा हुने चिकित्सकहरूको भनाइ छ। प्रहरीले भने भ्रामक खबर फैलाएको भन्दै कारबाहीको चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस