२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

रेडियोमा कार्यक्रम चलाउँदाचलाउँदै सुत्केरी भइन् प्रस्तोता, श्रोतासँग मागिन् बच्चाको नाम

२८ चैत्र, काठमाण्डौँ ।  रेडियो अनि टिभीमा कार्यक्रम चलाउनेलाई नियमितजसो कार्यक्रम सुन्ने र हेर्ने श्रोता अनि दर्शकले नचिन्ने कुरै भएन । किनकि हरेक दिन उनीहरुलाई देख्दा वा आवाज सुन्दा उनीहरुसँग परिचित हुनु सामान्य कुरा हो ।

एक रेडियो प्रस्तोताको बारेमा अहिले अनलाइन तथा सामाजिक सञ्जालमा चर्चा अलिक धेरै नै बढिरहेको छ । क्यासिडे प्रोक्टर नामक ती प्रस्तोता चर्चित हुनुको कारण पनि गज्जबकै छ ।

रेडियोमा कार्यक्रम चलाउँदा चलाउँदै उनले बच्चा जन्माएको कारण उनको चर्चा अलि धेरै नै भएको हो । सेन्ट लुइसमा रहेको द आर्क रेडियो स्टेसनकी यी प्रस्तोताले कार्यक्रमकै दौडान स्टुडियोमै बच्चा पाइन् । त्यतिमात्रै हैन, उनले बच्चाको नामसमेत आफ्ना श्रोताहरुबाट मागेर सबैलाई चकित पारिदिइन् ।

बच्चा जन्मिँदाको पहिलो रुवाइ सारा श्रोताले समेत सुनेका थिए । श्रोताहरुले क्यासिडेको नवजातको लागि १२ वटा ‘सिल्ली नाम’हरु राखिदिएका थिए । त्यसमध्ये भोटिंग गरेर बच्चाको नाम जेमसन राखिएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस