२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

अमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी, नेपालीसहित ३ सयको भिसा रद्द

काठमाडौं । अमेरिकाले विदेशी विद्यार्थीमाथि निगरानी कडा बनाएको छ। अध्यागमन निकायले आपराधिक गतिविधि वा कानुनविपरीत काममा संलग्न विद्यार्थीको भिसा रद्द गर्न थालेको छ। स–साना घटनामा मुछिएकाहरूको समेत भिसा खारेज गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एफ–१, एम–१ र जे–१ भिसामा रहेका विद्यार्थीहरू निगरानीमा छन्। ट्रम्प प्रशासनपछि कडाइ बढाइएको हो। केहीको सामाजिक सञ्जालमा अमेरिकी नीतिको विरोधजन्य गतिविधिका कारण भिसा खारेज भएको छ।

विद्यार्थीहरूलाई भिसाको प्रकृति अनुसार सीमित घण्टा मात्रै काम गर्न पाइन्छ। यस्तै सर्त उल्लंघन भएकाहरूको भिसा रद्द गरिएको हो।

हालसम्म करिब ३ सय विद्यार्थीको भिसा रद्द भइसकेको जनाइएको छ, जसमा नेपाली पनि छन्। कतिपयलाई अमेरिका तत्काल छाड्न आदेश दिइएको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले १५ लाख विद्यार्थीको सामाजिक सञ्जालमाथि निगरानी बढाएको इन्टरनेसनल बिजनेस टाइम्सले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस