२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सयौं गाडी र घरमा क्षति पुर्‍याउने डरलाग्दो असिना, स्थानीय भन्छन् : यस्तो कहिल्यै देखेनौँ

काठमाडौं । बुधबार अपरान्ह अचानक परेको डरलाग्दो असिनाले पाकिस्तानको राजधानी इस्लामाबाद र अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा ठूलो विनाश निम्त्याएको छ।

असिना यति ठूलो र तीव्र थियो कि सयौं सवारीसाधनका सिसा फुटेका छन् भने थुप्रै घरका झ्यालहरू चकनाचुर भएका छन्। बीबीसी उर्दूका अनुसार इस्लामाबादका स्थानीय बासिन्दाहरूले आफ्नो जीवनमा यति भयावह असिना कहिल्यै नदेखेको बताएका छन्।

खैबर पख्तुनख्वाको लन्डी कोटल क्षेत्रमा असिना र भारी वर्षाका कारण डुबानको अवस्था आएको थियो। धेरै गाडी पानीमा बगेर क्षतिग्रस्त भएका छन्।

सामाजिक सञ्जालमा असिना र डुबानका तस्वीर र भिडियोहरू भाइरल भइरहेका छन्, जसमा असिनाका कारण क्षति भएको दृश्यहरू प्रस्ट देखिन्छन्। स्थानीयहरू अझै आत्तिएका छन् र मौसमको पुनः यस्तो अवस्था नआओस् भन्ने आशा व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस