२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

कश्मीर हमलामा इन्जिनियरिङ अध्ययनरत रुपन्देहीका सुदीपको मृत्यु : गृहमन्त्री

काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्।

इन्जिनियरिङ अध्ययनरत सुदीप आमासँग घुम्न गएका बेला आक्रमणमा परेका थिए। मंगलबारको उक्त घटनामा नेपाल, यूएई र भारतका विभिन्न राज्यका नागरिक गरी २६ जनाको ज्यान गएको थियो। हमलाबारे थप विवरण संकलन भइरहेको गृहमन्त्री लेखकले बताएका छन्।

 

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस