२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

२१ वर्षीया युवतीमाथि बलात्कार, २१ वर्षीय सन्जु पक्राउ

Rape of a minor

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–३ का २१ वर्षीय सन्जु दमाई २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कवीन्द्र सिंह बोहराका अनुसार बुधबार राति युवतीमाथि जबरजस्ती करणी गरिएको उजुरीका आधारमा दमाईलाई नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस