२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

बच्चालाई गर्भबाट निकालेर फेरि भित्र राखियो : विश्व चिकित्सा क्षेत्रमै अभूतपूर्व चमत्कार

काठमाडौं । विश्व चिकित्सा क्षेत्रमा एउटा अद्भुत चमत्कार भएको छ। इङ्ग्ल्यान्डको अक्सफोर्डमा एक महिलाले आफ्नो बच्चालाई दुईपटक जन्म दिइन्—पहिलोपटक गर्भमा हुर्कँदै गर्दा अपरेशनमार्फत बाहिर निकालियो र फेरि गर्भमै सुरक्षित रूपमा राखियो, अनि दोस्रोपटक नियमित प्रसूति मार्फत जन्म भयो।

यो चमत्कारिक घटना लुसी नामकी आमासँग जोडिएको हो, जसलाई गर्भावस्थामा पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो। क्यान्सरको उपचार तत्काल नगरेमा ज्यानको जोखिम हुने भएकाले चिकित्सकहरूले जोखिमपूर्ण निर्णय लिनुपर्‍यो।

लुसीका डाक्टरहरूले भ्रूणलाई २० हप्ताको गर्भावस्थामा बाहिर निकालेर अण्डाशयको ट्युमर जाँच गर्ने निर्णय गरे। पाँच घण्टासम्म चलेको जटिल अपरेशनपछि ट्युमर हटाइयो र भ्रूणलाई सुरक्षित रूपमा गर्भमै पुनः राखियो।

डेली मेलको रिपोर्ट अनुसार लुसीका छोरा राफर्टी आइज्याक सन् २०२४ को जनवरीमा जन्मिए र अहिले पूर्ण रूपमा स्वस्थ छन्।

शल्यक्रियामा संलग्न प्रमुख चिकित्सक डा. हुमान सुलेमानी माजदका अनुसार यो प्रक्रिया भावनात्मक र अत्यन्तै चुनौतीपूर्ण थियो। लुसी र उनका पति एडमले डाक्टरहरूको टीमप्रति कृतज्ञता व्यक्त गरेका छन्। एडम आफैं सन् २०२२ मा मिर्गौला प्रत्यारोपण गराएका थिए।

यो घटनाले चिकित्सा विज्ञानले कसरी जीवन र आशाको नयाँ बाटो खोल्न सक्छ भन्ने कुराको प्रेरणादायी सन्देश दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस