२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

साढे ४ घण्टा नहुँदै सर्वोच्चको यो पत्रले रिहा भए रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।

प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो । पत्र अनधिकृत भएको पाइएसँगै सर्वोच्चले अर्को पत्र लेखेर छाड्न भनेको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस