१६ वैशाख, काठमाडौं । शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षक महासंघको टोली विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयमा पुगेको छ ।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका छन् । केही विषयमा हिजो नै सहमति भइसकेकाले आज प्याकेजमा नै सहमति गरेर हस्ताक्षर गरिने स्रोतले बतायो ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार

