२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

‘रामायण’ का रामले गरे पशुपतिनाथ मन्दिरको दर्शन, लेखे– अद्वितीय आध्यात्मिक शान्तिको अनुभव

काठमाडौं । चर्चित हिन्दी धारावाहिक ‘रामायण’ मा भगवान रामको भूमिकामा आफ्नो अभिनयले विश्वभर ख्याति कमाएका भारतीय अभिनेता अरुण गोविलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

दर्शनपछि उनले सामाजिक सञ्जालमा लेखे, “आज मलाई भगवान् पशुपतिनाथको पवित्र धाममा दर्शन गर्ने सौभाग्य प्राप्त भयो। महादेवको यो दिव्य भूमिमा पुगेर अद्वितीय आध्यात्मिक शान्तिको अनुभूति भयो। हर हर महादेव ! जय श्री राम !

 

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस