२०८३ जेष्ठ २३ गते शनिवार | 2026 June 6th Saturday

सार्वजनिक शौचालयमा १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने २ जनालाई १० र १२ वर्षको जेल

One hundred prisoners sick in Chitwan Jail

काठमाडौं । सिङ्गापुर उच्च अदालतले सोमबार दुई पुरुषहरूलाई जेल र क्यानिङको सजाय सुनाएको छ। उनीहरुमाथि सन् २०२२ मा एडमिरल्टी पार्कको सार्वजनिक शौचालयमा एक १६ वर्षीया किशोरीलाई मातेको अवस्थामा बलात्कार गरेको आरोप थियो।

जेल सजाय पाउनेमा २२ वर्षका मुहम्मद इस्नाली डेभिडलाई १२ वर्ष र छ महिनाको जेल र १२ पटक क्यानिङ, र २३ वर्षका मुहम्मद अल’अमिन सेलामतलाई १० वर्ष र छ महिनाको जेल र १२ पटक क्यानिङको सजाय सुनाइएको छ। उनीहरूले पीडित किशोरीलाई मदिरा सेवन गरेर असहाय अवस्थामा पाएर अपराध गरेको ठहर अदालतको छ। अदालतले उक्त घटनालाई ‘क्लस्टर आक्रमण’ को रूपमा वर्णन गर्दै कडा सजाय सुनाएको हो। 

(क्यानिङ सिङ्गापुरमा गम्भीर अपराधहरू जस्तै बलात्कारको लागि पुरुष अपराधीहरूलाई दिइने शारीरिक सजाय हो। यसमा छडीले हिर्काइन्छ।)

पीडित किशोरीले घटनापछि मानसिक तनाव र परिवारबाट समेत दोषारोपणको सामना गर्नुपरेको रिपोर्टहरूमा उल्लेख छ, र उनी अहिले पनि सहयोग र परामर्शको प्रक्रियामा रहेकी छन्। तेस्रो व्यक्ति, २७ वर्षका राडेन जुलहुस्नी जुल्किफ्री, ले पनि बलात्कारमा संलग्नता रहेको आरोप छ र उनको मुद्दाको सुनुवाइ जारी रहेको छ।

 

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस