२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

भारतको किट विश्वविद्यालयको होस्टलमा मृत फेला नेपाली छात्राको पहिचान खुल्यो

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली छात्राको पहिचान खुलेको छ । उनी वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको हो ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भुवनेश्वर प्रहरीसँगको कुराकानीलाई उद्धृत गर्दै शर्माले बिहीबार बेलुकी करिब ८ बजेतिर उनी कोठामा झुण्डिएको अवस्थामा फेला परेको जानकारी गराएका छन् । कन्सुलर एसएसपी शर्माका अनुसार, घटनाको अनुसन्धान सुरु भइसकेको छ ।

मृतक शाहको घरबाट परिवार नआउन्जेलका लागि पोस्टमार्टम नगर्नेगरी शव सुरक्षित गरिएको उनले बताए । ‘अहिले हामी अनुसन्धान गरिरहेका छौं, घरबाट मान्छे नआउन्जेल पोस्टमार्टम गर्दैनौं भनेर भनेका छौं,’ भूवनेश्वर प्रहरीले नेपाली दूतावाससँग भनेको छ ।

बिहीबार अपराह्न एक नेपाली विद्यार्थी कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको त्यहाँ अध्ययरत् नेपाली विद्यार्थीहरुले बताएका छन् । उक्त भिडिओ नै सार्वजनिक भएको छ ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xGmMHPj2Etk?si=vH0xz5036HLmjyjc” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

यसबारे कलेजले आधिकारिक सूचना जारी गरेको छैन । गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । त्यतिबेला विद्यार्थीहरू आन्दोलित हुँदा कलेज प्रशासनले होस्टेल छाडेर जानसमेत चेतावनी दिएको थियो । उक्त घटना सम्झँदै प्रहरीले दूतावासँग त्यो बेलाको जस्तो कमजोरी अहिले नगर्ने प्रतिबद्धता जनाएको कन्सुलर एसएसपी शर्माले बताए ।

आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस