२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

गर्भको ५ महिनामा डाक्टरले योनीमा लगाइदिए टाँका : जुम्ल्याहा सन्तानको गर्भमै मृत्यु

काठमाडौं । एउटा दुःखद घटना घटेको छ। २६ वर्षीया गर्भवती महिला बत्ती कीर्तिको जुम्ल्याहा बच्चा गर्भमै मरेका छन्। यो घटनाको पछाडि अस्पतालको लापरवाही रहेको भन्दै बिरामीका आफन्तहरूले विरोध जनाएका छन्। घटना भारतको तेलंगाना राज्यको रंगारेड्डी जिल्लाको हो ।

बत्ती कीर्तिको विवाह सात वर्षअघि भएको थियो। सन्तान नहुँदा उनले इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) विधिबाट सन्तान प्राप्त गर्ने प्रयास गरेकी थिइन्। पाँच महिनाको गर्भवती भएपछि अप्रिल ६ मा उनी इब्राहिमपटनमस्थित विजया लक्ष्मी अस्पतालमा चेकअपका लागि गइन्।

त्यहाँ डाक्टरले उनको पाठेघरको मुख खुकुलो भएको देखेर टाँका लगाई घर पठाइदिएका थिए। तर मे ४ मा उनलाई अचानक पेटमा असह्य पीडा भयो र फेरि अस्पताल ल्याइयो। त्यति बेला डाक्टर उपस्थित नहुँदा उनले भिडियो कलमार्फत नर्सहरूलाई निर्देशन दिइन्।

नर्सहरूले दिइएको सुईले असर गरेन, झन् पाठेघरको टाँका फुट्यो। त्यसपछि कीर्तिको गर्भबाट जुम्ल्याहा बच्चाहरू निकाल्नु पर्‍यो, तर बच्चा दुवै मृत थिए।

घटनापछि परिवारले अस्पतालबाहिर विरोध गरे र अस्पतालविरुद्ध उजुरी पनि दर्ता गरेका छन्। डाक्टर र अस्पतालमाथि चिकित्सा लापरवाहीको आरोपमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। स्वास्थ्य विभागले पनि छानबिन सुरु गरिसकेको छ र दोषी ठहरिएमा कडा कारबाही हुने जनाएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस