२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कक्षा १२ का विद्यार्थीलाई विशेष छुट दिएको वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ । कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूका लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो ।

धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप भएको छ । विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल असुर ग्यास समेत प्रहार गरेका छन् ।

 

 

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस