२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

देशभर एसईईको उत्तरपुस्तिका परीक्षण सुरु, दैनिक ३० हजार शिक्षक परिचालन

२१ बैशाख , काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण देशभरका ५० वटा केन्द्रमा प्रारम्भ भएको छ । शुक्रबारदेखि विभिन्न ५० केन्द्रमा उत्तरपुस्तिका परीक्षण आरम्भ भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रण डा गणेशप्रसाद भट्टराईले जानकारी दिए । उनले उत्तरपुस्तिका परीक्षणका लागि दैनिक ३० हजार शिक्षक परिचालन भइरहेको पनि बताए ।

विद्यालयका शिक्षक र कर्मचारीको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण विगतमा भन्दा झन्डै एक महिना ढिला आरम्भ भएको छ । उत्तरपुस्तिका सम्बन्धित विषयका विज्ञ शिक्षकले परीक्षण गर्दै आएका छन् । उनीहरूलाई जिल्ला शिक्षा समन्वय एकाइले परिचालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस