२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

सबैको मनमा बसेका क्रिकेटर सन्दीप लामिछानेले लिए कठोर निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन् ।

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे । उनको निर्णय सम्झौता जुन महिनामा सकिनेछ ।

उनको यो कठोर निर्णयले राष्ट्रलाई ठूलो क्षति हुनेछ । उनी नेपाल बाहिरका लिगमा सम्झौता गरेर खेलिरहेका यो सम्झौता भंग भएको अवस्थामा त्यही बेला देशले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्दापनि उनी सहभागी नहुन सक्छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस