२०८२ साउन ३ गते शुक्रवार | 2025 July 18th Friday

एयरपोर्टमै हत्कडी लगाईंदा अर्धमृत झैं भए, आत्महत्याको सोचमा थिए – सन्दीप लामिछाने

काठमाडौं । करिब अढाइ वर्षको मौनता तोड्दै सन्दीप लामिछाने एक मिडियामा खुलेर बोलेका छन् । अन्तर्वार्तामा उनले आफ्नो मुद्दा, मानसिक संघर्ष र क्रिकेटप्रतिको समर्पणबारे गम्भीर ढंगले चर्चा गरेका छन् ।

हत्कडी लागेको क्षणदेखि आत्महत्यासम्मको सोचसम्म पुगेको अनुभव सुनाउँदा उनी निक्कै भावुक बने। उनले भने एयरपोर्टमै हत्कडी लगाईंदा अर्धमृत झैं भएको थिएँ । तर आज, उनी आत्मविश्वासी छन्—न त घमण्डी देखिन्छन्, न निराश।

क्यान र पारस खड्कासँगको सम्बन्धबारे स्पष्टता ल्याउँदै, उनले आफ्ना आलोचकलाई जवाफ दिएका छन्। हाल लिग २ मा सहभागिता जनाइरहेका सन्दीप अझै नेपाली क्रिकेटका केन्द्रमै छन्। क्यानसँगको सम्झौता तोडेपनि देशका लागि निरन्तर खेल्नेछन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस