२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

सुनको मूल्यले आकाश छुँदै, फेरि बढेर तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस