२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

देउवा दम्पती पक्राउ बारे सर्वोच्चको आदेशले बालेन सरकार चकित

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो । गत वैशाख १८ गते जारी अध्यादेश अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने व्यवस्था गरिएको छ।

तर, क्षेत्राधिकार विपरीत विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले सो कदम सच्याएको हो। सर्वोच्चले काठमाडौँ जिल्ला अदालतबाट जारी भएको उक्त पक्राउ पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्नू र नगराउनू भनी स्पष्ट आदेश दिएको छ। तर सरकारले अब विशेष अदालतबाटै पक्राउ पुर्जी जारी गर्ने भएको छ ।

 

प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस