काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।आइतबार सुन तोलामा २ लाख ९० हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार

