२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

कांग्रेसको पदाधिकारी बैठक जारी, सांसदहरूलाई अति जरुरी भन्दै सिंहदरबार बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

लगत्तै सांसदहरूलाई अति जरुरी भन्दै सिंहदरबार बोलावट भएको छ । कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।

एमाले र कांग्रेस मिलेर रास्वपाबाट निर्वाचित उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउन हस्ताक्षरका लागि बोलाइएको बुझिएको छ ।

 

 

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस