२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

रुपन्देही अदालतबाट रवि लामिछानेको जमानत निवेदन अस्वीकार, उच्च अदालत जाने तयारी

काठमाण्डौँ ।  सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेको बैंक जमानतमा रिहा हुन दिएको निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ। न्यायाधीश नारायण सापकोटाको इजलासले सोमबार सुनुवाइ गर्दै लामिछानेलाई कारागारमै राख्ने आदेश दिएको हो।
लामिछानेले साउन १९ गते आफ्नो भागको बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसँगै बुझाएका थिए। अदालतको आदेशपछि उनका कानुन व्यवसायीले आदेशप्रति टिप्पणी नगरी उच्च अदालतमा जाने तयारी जनाएको छ।
अधिवक्ताहरूले सहकारी मुद्दा मिलापत्रयोग्य भएको र अन्य धेरै अभियुक्तलाई धरौटीमा छोडिएकोमा लामिछानेलाई मात्र थुनामा राख्नु अन्याय भएको दाबी गरेका छन्। अदालतले नचाहेको रकम भएकाले बैंक जमानत अब फिर्ता हुने भएको छ।

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस