२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

विद्यादेवी भण्डारीको चेतावनी : “म एमालेकै कार्यकर्ता हुँ, विकृति–विसंगतिविरुद्ध अन्तिम साँससम्म लड्छु”

काठमाण्डौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट गरेकी छन् ।

मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्‌घाटनमा बोल्दै उनले २०३७ सालमै मालेको सदस्यता लिएको र ३५ वर्षदेखि एमालेसँगै रहेको बताइन्। राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले अब एमालेले जनअपेक्षा अनुसार काम गरेको–नगरेको समीक्षा गर्नुपर्नेमा जोड दिइन्। विकृति र विसंगतिविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता जनाउँदै उनले नेपाल रहुन्जेल आफू सक्रिय रहने बताइन्।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस