२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सबथोक गुमाएर पनि हिम्मत नहारेका मीनबहादुर : भाटभटेनीका कर्मचारीका लागि गरे ठूलो घोषणा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पछिल्लो आगलागी र तोडफोडबाट भएको क्षतिको बावजुद आफ्ना कर्मचारीको भविष्य सुरक्षित राख्ने दृढता व्यक्त गरेका छन्।

गुरुङले भने, “मसँग आबद्ध भाइबहिनीहरूको भविष्यका लागि लड्नुपर्नेछ। काम गर्न नपाए पनि तलब दिनेछु, भदौको मात्र होइन, दसैँ बोनस पनि पठाउँछौँ।” उनले कर्मचारीहरूलाई परिवारको सदस्यको रूपमा लिने बताए।

प्रारम्भिक अनुमानअनुसार हालको घटनाबाट १५ अर्ब रुपैयाँसम्मको क्षति भएको छ। गुरुङले आगामी ३ महिनाभित्र केही स्टोर सञ्चालनमा ल्याउने र १० महिनाभित्र सबै स्टोर पुनः खुलाउने योजना सुनाएका छन्।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस