२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

विमानस्थलबाट रंगेहात समातिएका भारतीयको पहिचान र अपराध खुल्यो

फाइल तस्विर

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयको टोलीले आज ४८ वर्षीय रोनक मदनीलाई ८३५ ग्राम सुनसहित पक्राउ गरेको हो।

मदनी इण्डिगो एयरमार्फत मुम्बईबाट काठमाडौँ आएका थिए। आगमन भन्सारमा जाँच गर्दा शङ्का लागेपछि उनलाई काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भिडियो एक्सरे गरियो। त्यस क्रममा मलद्वारबाट तीन डल्लामा रहेको ८३५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस