काठमाण्डौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण थापा पूर्वराष्ट्रपति विद्या भण्डारी समूहको तर्फबाट फरक मत दर्ता गराएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक्ने केन्द्रीय कमिटीको निर्णयलगायत विरूद्धमा पार्टी स्थायी समिति सदस्य कर्ण थापाले फरक मत दर्ता गराएका हुन् ।
थापाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने लगायतको विषयमा फरक मत राख्दै आएका छन्।
यसैगरी उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि यसअघि नै आफ्नो फरक मत दर्ता गराइसकेका छन्। दर्ता भएका फरक मतबारे आज बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।
प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार

