२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

नेपालमा दर्ता हुन मेटाले सरकारसँग कागजात माग्यो

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रीका सल्लाहकार शालिकराम पराजुलीसँग इमेल मार्फत दर्ता कागजातको विवरण सोधेका हुन्।

‘हामीले ५ मिनेटभित्रै आवश्यक कागजातको जानकारी मेटालाई इमेलमार्फत पठाएका छौं,’ ठाकुरले जानकारी दिए। सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू क्रमशः रोक्ने निर्णय गरेको छ। यसै क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल रोक्न इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरिसकेको छ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस