२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

बैकहरुको नयाँ ब्याजदर तय, यी बैंकले दिनेछन् बचतकर्तालाई सबैभन्दा धेरै ब्याज

काठमाडौँ । बाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसमा ९ वटा वाणिज्य बैंकहरूले भदौको तुलनामा असोजमा थोरै दरले ब्याज घटाउँदा अरु ९ वटा बाणिज्य बैंकले पुरानै दरलाई निरन्तरता दिने भएका छन्। यस्तै बाँकी रहेका २ वटा बाणिज्य बैंकले भने व्याजदर सामान्य बढाएका छन् ।

कुन बैंकको ब्याज कति?
असोजका लागि सार्वजनिक गरेको ब्याजदरमध्ये माछापुच्छ्र्रे बैंक, ग्लोबल आईएमई, एनएमबी, हिमालयन र एनआईसी एसिया बैंकमा निक्षेप राख्ने बचतकर्ताले सबैभन्दा धेरै ब्याज पाउनेछन्। यी बैंकहरुले निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम गरेका हुन्।

यस्तै प्राइम कर्मसिलय बैंक,सिद्धार्थ,नबिल र राष्ट्रिय वाणिज्इ बैंकले ५.५ प्रतिशत दिनेगरी ब्याज कायम गर्दा नेपाल इन्भेष्टमेन्ट बैंक,सानिमा बैंक, एभरेष्ट बैंक,सिटिजन्स बैंक र नेपाल बैंकले ५.२५ प्रतिशत ब्याज दिनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

स्टान्डर्ड चार्टड र नेपाल एसबीआईले भने निक्षेपकर्तालाई असोज महिनामा ५.१८ ब्याज दिने भएका छन्।

नयाँ ब्याजदरअनुसार बचतकर्ताले बचत बाफत सबैभन्दा थोरै ब्याज भने कुमारी बैंक र कृषि विकास बैंकबाट पाउनेछन्। यी बैंकहरुले निक्षेपमा क्रमश ५.०१ प्रतिशत र ५.०५ प्रतिशतमात्रै ब्याज दिने भएको हुन्।

 

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस