२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

प्रहरी तालिम केन्द्र नजिकै जवानद्वारा आत्मह`त्या

काठमाडौं । बुटवलस्थित प्रहरी तालिम केन्द्र छेउमा एक जवानले आत्महत्या गरेका छन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ घर भएका २४ वर्षीय श्याम चौधरी शुक्रबार राति तालिम केन्द्रको भवन पछाडिको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार उनी शनिबार बिहान मृत फेला परेका थिए।

चौधरीले २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए र हाल तालिम केन्द्रमै प्रशिक्षकको रूपमा कार्यरत थिए।

गाउँलेका अनुसार प्रेम सम्बन्धमा उत्पन्न तनावका कारण उनले आत्महत्या गरेको आशंका गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस