२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

अल्पायुमै पशुपतिमा यसरी अस्ताइन सबैको मनमा बसेकी गायिका, शोकमा कला क्षेत्र

काठमाडौं — गायिका नितु पौडेलको पार्थिव शरीर शनिबार दिउँसो परिवारले पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको छ। पोस्टमार्टमपछि उनका परिवारले अन्त्येष्टि गरेका थिए।

पौडेलको उपचारको क्रममा एक सातापछि शुक्रबार कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजे चिकित्सकले मृत घोषित गरे।

सूचनाअनुसार, १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर उनले आत्मदाहको प्रयास गरेकी थिइन्। मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले प्रहरीमा जाहेरी दिएका छन्।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्। उनका अनुसार विगत ८–९ वर्षदेखि बहिनी र गायक बाबुल गिरी प्रेम सम्बन्धमा रहेको थियो र घटना भएको कोठामा दुई जनामात्रै थिए।

गायक बाबुल गिरीले भने प्रहरीलाई आफूले पौडेललाई निभाउने प्रयास गर्दा सामान्य घाइते भएको बताएका छन्। प्रहरीले यो विषय अनुसन्धानको क्रममा रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस