२०८३ असोज १९ गते सोमवार | 2026 October 5th Monday

बाबुलले स्वीकारे नितुसँगको सात वर्षे प्रेम, बिहेबारे दिए सबै छक्क पार्ने बयान

काठमाडौं — गायिका नितु पौडेलको आत्मदाह प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरीमाथि प्रहरीले थप पाँच दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने भएको छ।

काठमाडौं जिल्ला अदालतले मंगलबार प्रहरीलाई थप पाँच दिनको म्याद दिएको हो। पौडेलका आफन्तले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएपछि गिरीलाई पक्राउ गरिएको थियो।

गिरी र पौडेलबीच करिब सात वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ। गत कात्तिक १ गते, काठमाडौंको अनामनगरस्थित गिरीकै कार्यालयमा पौडेलले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। उपचारका क्रममा कात्तिक ७ गते कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो।

घटनापछि बाबुल गिरी स्वयं प्रहरीमा उपस्थित भएका थिए। प्रारम्भिक बयानमा उनले नितुसँग प्रेम सम्बन्ध भएको स्वीकार गरे पनि आत्महत्यामा आफूको कुनै भूमिका नभएको बताएका छन्।

उनका अनुसार बुबाको निधनका कारण विवाह हुन नसकेको हो। तर नितुका परिवारले भने गिरीले विवाहको प्रलोभन दिएर लामो समयसम्म सम्बन्धमा राखेको र अन्ततः धोका दिएको आरोप लगाएका छन्।

हाल घटनाबारे प्रहरी अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस