काठमाडौं — सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पद पूर्तिका लागि आगामी माघ ११, २०७९ आइतबार निर्वाचन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।
बैठकले यसैगरी:
-
नेपाल र मौरिसेसबीचको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने,
-
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ परिमार्जन गर्ने,
-
स्वकीय सचिवालयको दरबन्दी घटाउने,
-
छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने,
-
राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कतारको दोहामा हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुने औपचारिक भ्रमण (कात्तिक १७–२०) स्वीकृत गर्ने निर्णय भएको छ।
सञ्चारमन्त्री खरेलले अनलाइन दर्ता र नवीकरणसम्बन्धी नयाँ व्यवस्था राजपत्रमा प्रकाशित भएपछि लागू हुने पनि स्पष्ट गर्नुभयो।

