
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । आज बुधबार पनि सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ४५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ३३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार