२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

कार्यालयभित्रै आपत्तिजनक अवस्थामा देखिए गाउँपालिका अध्यक्ष र वडाध्यक्ष, भिडियो भाइरल

सप्तरी – अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो खुट्टामा कार्यवाहक वडाध्यक्ष हरि खंगले मालिस गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियो असोज ५ गतेको हो र गाउँपालिकाको उपाध्यक्ष कल्पना चौधरीले पनि भिडियो हेरेको पुष्टि गरेकी छन्। मालिस गराइएको घटना गाउँसभासँग सम्बन्धित छ। कानुन अनुसार १० असारभित्र सम्पन्न हुनुपर्ने गाउँसभा बारम्बार स्थगित भएपछि ५ असोजमा बोलाइएको थियो।

भिडियो अनुसार अध्यक्ष चौधरी सोफामा पल्टेका थिए र वडा नम्बर ५ का खंगले उनको खुट्टा हल्का मालिस गरेर गाउँसभा सम्पन्न गराउन प्रयास गरेका थिए। खंगले भने, ‘जसरी पनि परिषद् गराउनुपर्छ भनेर अध्यक्षलाई फकाउन खुट्टा हल्का दबाएँ। मैले गल्ती गरे जस्तो लाग्दैन।’

घटनाका क्रममा अन्य वडाध्यक्षहरूले पनि अध्यक्षलाई फकाउन खंगलाई जोडबल गरेको उल्लेख छ। वडा नम्बर ६ का अशोककुमार आचार्यले भने, ‘अध्यक्ष र हरिबीच काका-भतिज जस्तो व्यवहार हुन्छ, ठूलो समस्या जस्तो छैन।’

असोज ५ मा भएको यस प्रयासपछि गाउँसभा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस