२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको अर्को जाहेरी

काठमाडौं – नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध अर्को जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।

मंगलबार बुझाइएको जाहेरीमा शब्द त्रुटि देखिएपछि बुधबार (असोज २२ गते) नयाँ पत्र बुझाइएको अखिलका महासचिव दीपक धामीले जानकारी दिए। उनले भने, ‘एउटा लाइनमा टाइपिङ मिस्टेक भएको रहेछ, त्यसैले नयाँ पत्र बुझाएका हौं।’

धामीका अनुसार, अनेरास्ववियुले दिएको जाहेरी पनि प्रहरीले छानबिन आयोगमा पठाउने बताएको छ। ‘आयोगमा पठाउने भनिएको छ,’ उनले स्पष्ट पारे।

यसअघि अनेरास्ववियुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी पनि प्रहरीमार्फत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस