काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगका करारमा नियुक्त कर्मचारीहरुलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करारका कर्मचारीलाई पदबाट नहटाउन भनेको हो ।
सरकारले सार्वजनिक निकायका पदाधिकारीहरुलाई करारमा स्वकिय सचिव दिने व्यवस्था हटाएको थियो । त्यसकै आधारमा आयोगका सचिवले करार कर्मचारी हटाएका थिए ।
उक्त निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार

