२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

प्रचण्डको नेकपामा चर्चित जेनजी अगुवा पनि प्रवेश गरिन्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा अभियन्ता र जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनको नियुक्ति सार्वजनिक गरे।

खातुन १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बनेकी थिइन्। २१ वर्षकी उनी सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्तकर्ता पनि हुन्।

कार्यक्रममा उनले भनिन् कि तेजाब आक्रमण मात्र हिंसा होइन, देशमा दिदी–बहिनीहरूले भोग्नुपरेका अन्य खालका हिंसाविरुद्ध पनि अभियान जरुरी छ। साथै उनले देशमा भ्रष्टाचार र हिंसा अन्त्यको अपेक्षा व्यक्त गर्दै नेकपाले सोही दिशामा काम गर्नेमा विश्वास राखिन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस