६ वर्षको प्रेमपछि विवाह गर्दै पूजा, दुलहाको रहस्य खुल्यो

काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री पूजा शर्मा र युद्ध बानियाँ अब विवाह बन्धनमा बाँधिन लागेका छन्। दुबैले आगामी मङ्सिर २० गते काभ्रे–साँगामा रहेको पाँचतारे होटल फर्च्युनमा विवाह समारोह गर्ने योजना बनाएका छन्। करिब ६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै उनीहरूले आफ्नो नयाँ जीवनको सुरुवात गर्ने छन्।