२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा नयाँ दलको लहर : २८ दल, कस्को चिन्ह के?

काठमाडौँ। Gen Z आन्दोलनपछि नयाँ दल खोल्ने र पुराना दल पुनर्गठन गर्ने क्रम तीव्र भएको छ। आगामी फागुन २१ गते निर्वाचन मिति तोकिएपछि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि घुइँचो लागेको छ।

हाल सातवटा दलले प्रमाणपत्र पाइसकेका छन् भने सातवटा दल खारेज भइसकेका छन्। दर्ता प्रक्रियामा २८ वटा दल छन्। उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी, प्रगतिशील नागरिक पार्टी लगायतका दल दर्ताका लागि निवेदन दिएका छन्।

उज्यालो नेपाल पार्टीमा ऊर्जा मन्त्री कुलमान घिसिङको समर्थन रहेको भए पनि उनी सिधै नाममा छैनन्। अन्य दलले आफ्नो चुनावी चिन्हको लागि बलेको चिम, बाँसुरी, क्रस खुकुरी, गुलाफ, गोलो घेरा, चापाकल, फलेको केराको बोट, बिरुवा, मुट्ठीमा धान, लगायत विभिन्न चुनावी चिन्ह प्रस्ताव गरेका छन्।

केही पार्टीमा पूर्व माओवादी नेता, Gen Z आन्दोलनका अगुवा र सामाजिक अभियन्ताहरूको समेत समर्थन रहेको जनाइएको छ। तर, कतिपय पार्टीमा नाम चलेका नेताको साथ खुलाइएको छैन।

यो क्रमले आगामी निर्वाचनमा नयाँ राजनीतिक गतिशीलता र चिन्हको प्रतिस्पर्धा अझै तातो हुने संकेत दिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस